नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेवे चयन भएका छन्।

नेपालगञ्जमा चैत २७ गतेदेखि जारी नवौं महाधिवेशनबाट थेवे अध्यक्षमा सर्वसम्मत चयन भएका युवासंघका इन्चार्ज महेश बस्नेतले जानकारी दिएका छन्।

युवासंघमा एक अध्यक्ष, ७ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ९ सचिव र कोषाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी सर्वसम्मत चयन भएका छन्।

अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरी केसी, महाराज गुरूङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम उपाध्यक्ष चयन भएका छन्।
महासचिवमा सुमन पुरी, उपमहासचिवमा महेन्द्र गुरूङ र राजन थापा चयन भएका छन्।

त्यस्तै सचिवहरूमा बिनय शाह, खेम शर्मा, जय गुरूङ, मोबिन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, विष्णा चन्द, पर्वत भण्डारी र कुबेर अधिकारी चयन भएका छन्।

कोषाध्यक्ष तथा आर्थिक विभाग प्रमुखमा राकेश राई चयन भएका छन्।

त्यस्तै लेखा आयोगको प्रमुखमा सन्तोष चौलागाईँ, अनुशासन आयोगको प्रमुखमा  राकेश लामा र निर्वाचन आयोगको प्रमुखमा बलराम बेलबासे चयन भएका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय