काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले जीर्ण अवस्थामा रहेको वीरगन्ज कारागार निर्माणको काम सुरु गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शौचालयको अभाव रहेको, कैदीबन्दीहरुले कोचाकोच गरेर बस्नुपर्ने अवस्था रहेको र सुरक्षाकर्मीहरू तैनाथ हुने सुरक्षा पोस्ट समेत जीर्ण अवस्थामा रहेकाले सो कारागारको स्थलगत अवलोकन गरी सरकारले तत्काल जीर्णोद्धार गर्नुपर्ने स्पष्ट पारे ।

सांसद यादवले भने, ‘पर्सा जिल्लाको वीरगन्ज कारागारको अवस्था अहिले जीर्ण बनेको छ । र, कारागार अहिले यातना गृह बनेको छ । कारागार सुधार्ने ठाउँ हो कि बिगार्ने ठाउँ हो रु वीरगन्ज कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी रहेका छन । र, यसरी कोचाकोच गरेर कैदी बन्दी राख्नु अपराध हो कि होइन रु सभामुख महोदय । शौचालयको समस्या उस्तै खराब छ । ९० वर्ष पुरानो यो कारागार अहिले जीर्ण छ । र, कारगारको सुरक्षामा तैनाथ प्रहरीहरूको सुरक्षा पोस्ट एकदमै जीर्ण भएको छ । कुनै बेला पनि दुर्घटना हुन सक्छ । यसकारण नेपाल सरकारलाई म अनुरोध गर्न चाहन्छु–वीरगन्ज कारागारमा स्थलगत अवलोकन गरेर त्यसको निर्माणको काम सुरु गरियोस् ।’

वीरगन्ज कारागार ९० वर्ष पुरानो कारागार हो । यसको जीर्णोद्धार तत्काल नगरे गम्भीर दुर्घटनामा हुने पनितर्फ पनि सांसद यादवले सरकारलाई सचेत गराए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय