काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघको जारी निर्वाचन बेलुका ६ बजेसम्म्मलाई थपिएको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान करिब २ घण्टा ढिला भएका कारण समय थप गरिएको मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिए ।
जारी मतदानमा २ बजेसम्म जिल्लानगरतर्फ ४० प्रतिशत, एसोसिएटतर्फ ३० प्रतिशत, वस्तुगततर्फ ६० प्रतिशतमाथि मतदान सम्पन्न भइसकेको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । महासंघले सार्वजनिक गरेको अन्तिम मतदाता नामावालीमा जिल्ला नगरतर्फ ११७ मतदाता, वस्तुगत संघतर्फ १२३ मतदाता, द्विराष्ट्रिय ५ मतदाता तथा एसोसिएट तर्फ १६५१ मतदाताको नामावाली सार्वजनिक गरेको छ । ६० पदका लागि ११२ जनाको प्रतिस्पर्धा चलिरहेको छ ।


