काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको मतदान केही समयका लागि स्थगित भएको छ।

व्यवसायीहरुका समर्थकले हुटिङ र होहल्ला बढी गरेसँगै मतदान स्थगित भएको हो।

समर्थकले वरिष्ठ उम्मेदवारको पक्षमा भोट माग्दै हुटिङ गरेका थिए। ‘भोट फोर अञ्जन’, भोट फर संघाई, भोट फर उमेशलाल भन्दै समर्थक हो-हल्ला गरेसँगै स्थगित भएको छ।

समर्थकको भीडले भोटिङको लागि लाइनमा बसेकालाई धकेल्न थालेसँगै मतदान स्थगित भएको छ।

प्रज्ञा प्रतिष्ठानमा भइरहेको मतदानमा वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा भइरहेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय