काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले आफुलाई अप्ठ्यारोमा पार्टीले एक्ल्याउने काम गरे ‘कोर टिम’ खुलासा गर्ने चेतावनी दिएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएपछि बिबादमा रहेका श्रेष्ठले पार्टीले गठन गरेको छानबिन समितिलाई बयान दिने क्रममा यस्तो चेतावनी दिएका हुन्।

उनलाई पार्टीले निलम्बन गरेर छानविन गरिरहेको छ । रास्वपाका सभापति रवि लामिछानेले भने दोषी पाइएमा आजनै उनलाई कारबाही गर्ने तयारी रहेको बताएका छन् । रास्वपाको अनुशासन तथा आचरण समितिको संयोजक भरतमणि देवकोटा हुनुहुन्छ । सदस्यमा अधिवक्ता यज्ञमणि न्यौपाने, रमाकान्त रिमाल र रामहरि सुवेदी रहेका थिए ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भनाइलाई आधार मान्ने हो भने रविको कोर टिममा दीपक बोहोरा, निकिता पौडेल र डोरप्रसाद अर्याल रहेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय