नयाँदिल्ली

भारतको पञ्जाब राज्यमा बुधबार बिहान भारतीय सेनाको एक क्याम्पमा गोली चल्दा चार जनाको मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार पञ्जाबको बठिन्डा सैनिक क्याम्पमा बिहान साढे ४ बजेतिर गोली चलेको हो।

गोली चलेपछि क्याम्पको आपतकालीन टिम परिचालन भएको छ भने क्याम्प रहेको क्षेत्रलाई सिल गरिएको छ। गोली हान्ने व्यक्ति सादा पोशाकमा रहेको तर कुनै आतंकवादी समूहले हमला नगरेको बताइएको छ।

केही मिडियाले क्याम्पबाट दुई दिनअघि एउटा राइफल र एउटा म्यागेजिन हराएको उल्लेख गरेका छन्। गोली कसले किन चलायो भन्ने खुलेको छैन।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय