काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकाे मतदान सुरु भएको छ । प्रज्ञाभवन कमलादीमा बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान प्राविधिक तयारी नपुगेको भन्दै २ घण्टा ढिला सुरु भएको हो ।

महासंघ निर्वाचन समितिका अनुसार निर्वाचनमा कुल १९५३ मतदाता सहभागी छन् । महासंघ निर्वाचनमा ५० प्रतिशत मतभार रहेको जिल्ला नगरतर्फ ११७, वस्तुगततर्फ १२३ र एसोशिएटतर्फ १७४८ मतदाता छ । यस्तै द्विराष्ट्रियतर्फ ५ जना मतदाता छन् ।

जिल्ला नगर र वस्तुगततर्फ एक र एशोसिएटतर्फ ३ वटा बुथ कायम गरिएको छ । बरिस्ठ उपाध्यक्षका लागि पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका एसोसिएट्स र वस्तुगत उपाध्यक्षद्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका हुन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय