काठमाडौँ, चैत २९

नयाँ वर्षदेखि नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई भेट्न अब सिंहदरबार धाउन नपर्ने भएको छ । माओवादी केन्द्रले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुसँग केन्द्रीय कार्यालय पेरिसडाँडामै भेट्ने व्यवस्था गर्न लागेको हो ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले वैशाख १ गतेदेखि माओवादी मन्त्रीहरुलाई पार्टी कार्यालयमा भेट्ने व्यवस्था गर्न लागिएको जानकारी दिए । ‘पार्टीका कार्यकर्ता, जनता सबैलाई हप्तामा एक दिन दिउँसो चार बजेदेखि ६ बजेसम्म केन्द्रीय कार्यालयमा भेट्ने व्यवस्था मिलाउँदैछौं,’ सचिव ढकालले भने ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय