पर्वत, चैत २९–

पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा चितुवाको बच्चा मृत अवस्थामा फेला परेको छ।

दोबिल्ला–फलेवास सडक खण्ड अन्तर्गत कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने पहरे पुल नजिकै कालोपत्रे सडकमा बुधबार बिहानै चितुवाको बच्चा मृत अवस्थामा भेटिएको हो। सवारी चालक र स्थानीयले चितुवाको बच्चा देखेपछि तत्काल नै जिल्ला प्रहरी कार्यालय पर्वत र डिभिजन वन कार्यालय पर्वतमा खबर गरेका थिए।

उद्धारको लागि पुगेको प्रहरी र वन कार्यालयका कर्मचारीले चितुवाको बच्चा मृत रहेको पुष्टि गरेर डिभिजन वन कार्यालयमा ल्याएका छन्। कार्यालय प्रमुख विष्णु अधिकारीले घाइते वा बिरामी अवस्थामा फेला परेको भएमा ज्यूँदै उद्धार गरेर उपचारको लागि पठाइने भए पनि यो चितुवाको बच्चा मृत रहेको पुष्टि भएकाले मुचुल्का गरेर गाडिने बताए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय