शहीद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ ।

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले जावलाखेल युथ क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । खेलको १७ औँ मिनेटमा जिलेस्पीजंग कार्कीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० को अग्रता लिएको आर्मीका लागि खेलको ५५ औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै अग्रता दोब्बर बनाए । तर, खेलको ६२ औँ मिन्टमा जावलाखेलका लागि सुनिल खड्काले गोल गर्दै अग्रता २-१ मा झारे ।

त्यसपछि खेलको ८० औँ मिनेटमा सुदिल राईले गोल गर्दै आर्मीलाई ३-१ को जित दिलाए । जितसँगै आर्मी ८ खेलमा १२ अंक जोड्दै लिग तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।

आर्मीसँग पराजित भएको जावलाखेल भने ८ खेलबाट १४ अंकका साथ तालिकाको दोस्रो स्थानमा यथावत छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय