काठमाडौं : पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार आरटी पीसीआरबाट ७४ जना र एन्टीजेन परीक्षणबाट ३२ जनामा संक्रमण देखिएको छ। हाल देशभर ४३९ जना सक्रिय संक्रमित रहेका छन्।

संक्रमणबाट एकजनाको मृत्यु भएको छ।

काठमाडौं उपत्यकामा २४ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् भने आइसीयुमा १३ जना र भेन्टिलेटरमा राखेर ५ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय