काठमाडौँ

बलिउड फिल्म ‘एनिमल’मा नेपाली कलाकार टंक धमला अनुबन्धित भएका छन् । यसअघि विपिन कार्कीले अभिनय गर्ने भनिएको उक्त फिल्ममा टंक अनुबन्धित भएका हुन् । बलिउड अभिनेता रणवीर कपुरको प्रमुख भूमिका रहने फिल्म अप्रिल १ देखि लण्डनमा छायांकन भइरहेको छ ।

नेपाली फिल्म’सरौतो’मा अभिनय गरेका टंक ‘एनिमल’मा बबी देओलको भाइको भूमिकामा देखिँदैछन् । नेपाली फिल्मबाहेक ‘कार्म’, ‘डेन्जरस गेम’मा टंकले अभिनय गरेका छन् । उनले ब्रिटिस एयरवेज, स्वीस एयर, कोकाकोला लगायतका विज्ञापनमा काम गरेका थिए ।

सन्दीप रेड्डी भांगा निर्देशित एनिमलमा अभिनेता रणवीर कपुर, अनिल कपुर, रश्मिका मन्दना, बबी देओल लगायतको अभिनय रहनेछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय