नेपाल शिक्षक महासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष आफ्नो ध्यानाकर्षण पत्र बुझाएको छ । संघीय शिक्षा ऐन तत्काल जारी गर्न माग सहित पूर्व सहमतिको स्मरण गराउँदै ज्ञापनपत्र बुझाएको हो।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र  महासंघ विच २०७५ फाल्गुण ९ गते ३० बुँदामा र २०७८ फाल्गुण ९ गते ५१ बुँदामा  भएको सहमतिको महासंघले स्मणर गराएको छ ।

सो ज्ञापनपत्रमा स्थायी, अस्थायी–करार, राहत, साविक उमावि, बालकक्षा, विशेष शिक्षा, शिक्षण सिकाइ अनुदान लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका सबै मुख्य समस्याको सम्बोधन हुने पत्रमा उल्लेख गरिएको छ ।

‘सहमतिको कार्यान्वयन नेपालको विद्यालय शिक्षाको समयोचित विकासमा विशेष सकारात्मक फड्को हुनेछ । यसबाट एकै खालको सेवा, शर्त र सुविधा पाउने शिक्षक तथा शिक्षकको जस्तै सुविधा पाउने विद्यालय कर्मचारीको प्रबन्ध गर्ने नेपाल शिक्षक महासंघको अभियान पनि सार्थक हुनेछ । त्यसैले ती सबै सहमतीहरु कार्यान्वयन हुने गरी अविलम्ब नयाँ सङ्घीय शिक्षा ऐन जारी गर्न हामी जोडदार माग गर्दछौं ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय