एजेन्सी– सामाजिक सञ्जाल इन्स्टाग्रामबाट लाइभ गर्दै बैंकका कर्मचारीले अमेरिकामा गोली चलाएका छन्। गोली लागेर ५ जनाको मृत्यु भएको छ।

गोली लागेर ३ प्रहरीसहित ९ जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ।

यो घटना अमेरिकाको केन्टकी शहरको हो। उक्त शहरमा रहेको ओल्ड नेशनल बैंकका २३ वर्षीय एक कर्मचारीले गोली चलाएका हुन्।

बैंकभित्र गोली चलाएको ती कर्मचारीले इन्स्टाग्रामबाट प्रत्यक्षप्रसारण गरेका थिए। ती कर्मचारीले चलाएको गोली लागेर ४ सर्वसाधारण र प्रहरीले चलाएको गोली लागेर ती कर्मचारीको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।

मृत्यु हुनेहरूमा ६३ वर्षीय थोमस इलियट, ६४ वर्षीय जेम्स टट, ४० वर्षीय जोशुआ ब्यारिक, ४५ वर्षीय जुलियाना फार्मर र ५७ वर्षीय डिना एकर्ट छन्। नेपाललाईभबाट

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय