मकवानपुर।
MADE IN USA पेस्तोल सहित मकवानपुर पदमपोखरीका ४४ वर्षीय सुमन भनिने सुरेश घलान पक्राउ परेका छन्। घलानलाइ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो।

मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ३ स्थित सरस्वती पट्रोल पम्प अगाडी पुर्ब पश्चिम लोक मार्ग सडक खण्डमा नेवारपानी तर्फबाट हेटौडा बजार आउंदै गरेका घलानलाई प्रहरीले पक्राउ गरेको हो। घलानको शरीर तथा बोकेको झोला चेकजांच गर्दा उक्त झोला भित्र MADE IN USA लेखेको म्यागजिन सहितको पेस्तोल १ थान फेला परेको थियो।

घलानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय