काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले राजिनामा तयारी गरेका छन् । अडिओ प्रकरणमा मुछिएका उनले २४ घण्टाभित्र लिखित स्पष्टीकरण नदिएपछि राजिनामा दिने तयारी गरेका हुन् ।

विवाददीत मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगको फोन सम्वादका विषय रास्वपाको अनुशासन समितिले २४ घन्टाको समय दिएर आइतबार तीन बजे श्रेष्ठलाई स्पष्टीकरण सोधेको थियो ।

उनले आफ्नो आवाजलाई सम्पादन गरेर अडिओ बनाइएको र आफूलाई अन्यायमा परेको भन्दै थप समय मागेका छन् ।

यता अनुशासन समितिले भने सार्वजनिक भएको अडिओलाई फरेन्सिक टेस्टका लागि पठाउने तयारी गरेको छ ।

पार्टी सभापति रवि लामिछानेले आइतबार चितवनमा भाषण गर्दै ७० घण्टाभित्र छानबिन गरेर कारबाही गर्न नसके आफूलाई गढीमाईमा बलि दिन चुनौती दिएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय