काठमाडौं। प्रहरीले २५ वर्षदेखि फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका -३ घर भई हाल स्वयम्भूको भगवानपाउ बस्‍ने ५९ वर्षीय प्रेम लामा भन्‍ने ओमबहादुर तामाङ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई स्वयम्भूबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्‍यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको प्रहरीले जनाएको छ ।

उनी जिउ मास्ने बेच्ने मुद्दाको अनुसन्धाका सिलसिलामा फरार रहेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय