काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार विभागसँग भन्सार नाकामा राजस्व संकलन कम हुनुको कारण माग गरेका छन् ।

सोमबार काठमाडौंमा भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री डा. महतले प्रत्येक भन्सार नाकामा पछिल्लो समय हुने आयात निर्यातको प्रगति प्रतिवेदन मन्त्रालयलाई बुझाउन माग गरे ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारदेखि देशभरका भन्सार नाकामा राजस्वमा गिरावट आएको भन्दै राजस्व गिरावट आउनुको कारण माग गरेका हुन् ।

उनले कुन भन्सार नाकामा कस्ता प्रकृतिका वस्तु आयात निर्यात भइरहेका छन् सोको बारेमा वास्तविक तथ्या‌ंक दिन समेत माग गरेका छन् ।

अर्थमन्त्री महतले भन्सार नाकाहरुमा वस्तु आयात कम भई वा चोरी पैठारीका कारण राजस्व संकलन कम भएको भए यसको वास्तविक तथ्यांक विभाग प्रमुखले अर्थ मन्त्रालयलाई बुझाउन आग्रह गरे । उनले पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका भन्सारमा राजस्व चुहावट भएको भन्ने व्यापक खबर आइरहेको भन्दै यसलाई भन्सार विभागको नेतृत्वले गम्भिरताका साथ लिनु पर्ने बताए ।

उनले भन्सार प्रमुखहरुलाई कर्तव्यनिष्ट भएर नतिजामूलक काम देखाउन निर्देशन दिए । उनले भन्सारमा आयात निर्यात गर्ने उद्योगी व्यवसायीहरुलाई अनावश्यक दुःख नदिन भन्सार कर्मचारीहरुलाई आग्रह गरे ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय