नेपालगञ्ज : राष्ट्रिय युवा संघ नेपालको नवौँ महाधिवेशन उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालगञ्ज पुगेका छन्।

अध्यक्ष ओलीको साथमा पार्टी उपाध्यक्ष विष्णु पौडेल, जनसंगठन समन्वय संयन्त्रका संयोजक रहेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल पनि कार्यक्रममा भाग लिन नेपालगन्ज पुगेका छन्।

विमानस्थलमा अध्यक्ष ओलीलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य एव राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेत, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेललगायतले स्वागत गरे।

युवा संघको नवौँ महाधिवेशन आजदेखि चैत २९ गतेसम्म चल्ने छ।  महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै विभिन्न राजनीतिक प्रस्ताव समेत पास गर्दै छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय