स्याङ्जा।
स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.३ गल्याङ स्थित आदर्श आवासीय माध्यमिक विद्यालयको ३४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि जेष्ठ शेयर सदस्य शोभाकान्त भूषालले आदर्श आवासीय माध्यमिक विद्यालयले ग्रामिण क्षेत्रमा समयानुकुल प्राविधिक र व्यवहारिक शिक्षा प्रदान गरेर आफूलाई समयानुकुल परिर्वतन गर्दै अगाडि वढेको सन्दर्भमा विद्यालयले उत्पादन गरेका जनशक्ति देश तथा विदेशी भूमिमा समेत प्रतिस्प्रधा गर्न गरेको बताउनु भयो ।उहाँले आजको अभिभावक र विद्यार्थीको चाहना अनुकुलको जीवन उपयोगी शिक्षा प्रदान गर्दै सीप र दक्षतासंग जोड्दै आम्दानीको पक्षमा अगाडि बढाउनुका साथै हाम्रो समाजमा लोप हुन लागेका परम्परालाई समेत उजागर गर्ने पक्षमा महत्वपूर्ण भूमिका खेलेको कुरा बताउनु भयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निबर्तमान सदस्य तथा शेयर सदस्य श्याम प्रसाद बस्याल, गल्याङ बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष लक्ष्मण प्रसाद भट्टराई,क्याम्पस प्रमुख सञ्जिव पन्त, स्वर्गीय तोलाकान्त चापागाई स्मृती अक्षयकोषका संरक्षक लेखनाथ चापागाई, शेयर सदस्य सुर्य प्रसाद चापागाई,सल्लाहकार समिति सदस्य लिलाभल्लौं अर्याल,पूर्व शिक्षक महादेव भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष लेखनाथ भट्टराईले अध्यक्षको प्रतिबेदन र विद्यालयका प्रिन्सिपल कुल प्रसाद लामिछानेले विद्यालयको भौतिक शैक्षिक प्रगती प्रतिबेदन साथै २ करोड २७ लाख ४९ हजार बरावरको आयव्यय प्रस्तुत गर्नु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य सञ्चालक समिति सदस्य तोयाराज भट्टराईले र कार्यक्रमको सञ्चालन विद्यालयका भाईस प्रिन्सिपल हिरन्य कुमार बस्नेतले गर्नु भएको थियो ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय