काठमाडौं । कवि युवराज पन्थीद्वारा लिखित पुस्तक ‘मानस रामायण’को लोकार्पण गरिएको छ । युवराज पन्थी माधव स्मृति प्रतिष्ठानले शुक्रबार प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो ।

पन्थीले रामायणलाई भक्ति काव्यका रूपमा छन्दमा लेखेका छन् । २०५० सालमै यो प्रकाशित भएको थियो । नयाँ साजसज्जासहित पुन: प्रकाशन गरिएको युवराज पन्थी माधव स्मृति प्रतिष्ठानका अध्यक्ष डा. रामराज पन्थीले जानकारी दिए ।

धर्मशास्त्राचार्यमा बनारसबाट विशिष्टता हासिल गरेका लेखक पन्थीको २०५० साल कात्तिकमा निधन भएको थियो ।

पुस्तक लोकार्पण कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेती, पूर्वमन्त्री मोदनाथ प्रश्रित, पूर्वमन्त्री ढुण्डीराज शास्त्री, नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति माधवराज गौतम, पूर्व प्रशासक सूर्यबहादुर सेन ओली, शिक्षासेवी अर्जुन ज्ञवाली लगायतले स्वर्गीय पन्थीका योगदान र मानस रामायणबारे चर्चा गरेका थिए ।

कार्यक्रममा विभिन्न व्यक्तित्वलाई नगद र कदरपत्रसहित सम्मान पनि गरिएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय