काठमाडौं : काठमाडौं महानगरका प्रमुख बालेन शाहले फुटपाथ मिचेर बनेका प्रहरीका संरचना हटाउन आह्वान गरेका छन्। सो संरचना नहटाइए कानूनको प्रयोग गरी भत्काइने चेतावनीसमेत उनले दिएका छन्।

‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैंले हटाउनुहोला’, उनले सामाजिक सञ्जालमा लेखे, ‘नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ ।’

उनले फुटपाथ मान्छे हिंड्नको लागि प्रयोग गर्नुपर्ने भएर नै त्यहाँका व्यापारमा रोक लगाएको उल्लेख गर्दै भने, ‘फुटपाथ सँधै मान्छे हिंड्नका लागि प्रयोग हुनुपर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनु पर्छ ।’

राजदुतावास लगायत विदेशी नियोगका हकमा पनि आफूहरुले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेको उनले उल्लेख गरेका छन्।

कानून सबैका लागि एकै हुन्छ भन्ने तथ्य स्थापित गर्न आफू लाग्ने बताउँदै उनले भने, ‘कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनु पर्छ । तयार बनौँ ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय