रुपन्देही
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जन्मस्थलमा लुम्बिनी पीस हाफ म्याराथन प्रतियोगिता शुभारम्भ गरेका छन् ।
शान्ति र समृद्धिका लागि खेलकूद भन्ने मूल नारासहित अन्तराष्ट्रिय खेलकूद दिवसको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा देशभरका २ हजार ५ सय ५० महिलापुरुष खेलाडी मैदानमा उत्रिएका छन् । ओलीले लुम्बिनी शान्ति दीपमा बालेको दीप ओलम्पिक कोच चन्द्रबहादुर घले, बिमला राना र मोहन घलेलाई दिएर प्रतियोगिता सुरुवात गरेका थिए ।


