काठमाडौ ।
एकै बर्षमा तिन तिन वटा प्रोजेक्ट भित्राई राम बसेलको नेतृत्व अझै चम्किएको छ।

अभिभावक र सम्पूर्ण समाजसेवी लायन्सहरुका लागि यो भन्दा ठुलो खुशी के हुन सक्छ र? लायन्स अन्तरास्ट्रिय डिस्ट्रिक्ट ३२५ आई नेपालका डिस्ट्रिक्ट गभर्नर लायन राम बसेलको नेतृत्वमा तिन वटा प्रोजेक्ट (रु. ३ करोड ८० लाख) मध्ये तेस्रो प्रोजेक्ट साङ्ग्ला स्वास्थ चौकी, तारकेश्वर अत्याधुनिक बनाउने योजना अनुरुप आज साझेदारीका लागि तार्केश्वोर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जनका बिचमा हस्तान्त्रण सम्पन्न भई “Lions Clubs International Foundation” मा विधिवत प्रक्रिया अगाडी बढेको छ ।

बसेलले भने,’हामीले अत्यन्तै कठिन परिस्थिति “कोभिड” मा यो हस्पिटलमा सहयोग हस्तान्तरण गरे संगै अझै हाम्रा सहयोगी प्रोजेक्ट अगाडि बढेका छन यो हस्पिटलका लागि। ‘ हस्तान्तण कार्यक्रम् मा बोल्दै नगर प्रमुख महर्जनले लायन्स क्लब अफ नेपाल लाई विशेष धन्यबाद् दिएका छन् ।


