काठमाडौं ,चैत २२ : नेपाली कांग्रेसका शार्दुल, भलाद्मी , शिक्षित ,युवा विद्यार्थीका नेता , अर्थशास्त्री समेत रहेका , केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई आफ्नो अमुल्य मत दिएर , विकासबादी नेतालाई न्याय गर्न युवराज बस्ताकोटी लगायतले आव्हान गरेका छन् ।

गोविन्द भट्टराई ,कुनै पदमा नहुँदा समेत ५९ वटा खानेपानी आयोजना जिल्लामा पुर्याएका मात्रै होइन ,उनले संस्कृति संरक्षण , बाटो घाटो पुल पुलेसा , विजुली, बिद्यालय कलेज निर्माणका क्षेत्रमा धेरै काम गर्नु भएको छ।यस अगाडिका नेताहरुलाई समेत सम्मान गरेर काम गर्ने स्वभावका भट्टराई युवा ,विद्यार्थीमा काम गरिसकेका सेतु हुन्। उनले नेविसंघको केन्द्रीय अध्यक्ष , तरुण दलको महामन्त्री समेत भएर सफलताका साथ काम गरिसकेका छन् ।

शिक्षित नेता भएर पनि समाज विकासमा उहाँको ठुलो योगदान रहन्छ। उहाँ सामाजिक काममा सकृय रहने नेता तनहुँमा स्थापित जनताका दुख सुखका साथी हुन् । संसारको आर्थिक राजनीतिक स्थिति बुझेका नेता ,भट्टराई देशले खोजेको ,इमानदार छवि भएका , जनताका नेता हुन् । “कहिल्यै अवसर नपाएका नेता भट्टराईले आफ्नो जीवन सामाजिक राजनीतिक काममा प्यतित गरेका छन्, ” बस्ताकोटीले भनेका छन् ।

महिलाको उद्यमशीलता विकासमा भट्टराईको योगदान रहनेछ भने जिल्लामै विभिन्न कार्यालयहरु स्थापना गराई कार्य गर्न सक्ने क्षमता राख्नु हुन्छ। त्याग,तपस्या र संघर्षको अर्को नाम हो,गोविन्द भट्टराई ।

वस्ताकोटीले टिप्पणी गरेका छन्, ” अथक , निरन्तर र सार्थक नेताका रुपमा भट्टराई स्थापित नाम हो ।” अत: दायाँबायाँ नसोची सवै लोकतान्त्रिक ,परिवर्तनकारी तथा सभ्य राजनीति चाहने र विकास चाहने जनताले यसपटक भट्टराईलाई एकमतले मतदान गर्न , भन्दै हार्दिक अनुरोध गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय