काठमाडौं : सुनको मूल्य अहिलेसम्मै उच्च विन्दुमा पुगेको छ। अघिल्लो दिनका तुलनामा दुई हजार रुपैयाँको बढोत्तरीपछि बुधवार कारोबार मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ निर्धारण भएको छ।

मंगलवार कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ थियो। त्यससअघि साताको पहिलो दिनको तुलनामा ६ सय घट्दा सोमवार प्रतितोला १ लाख ८ हजार रुपैयाँ थियो।

चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेको छ। बुधवार चाँदीको मूल्य प्रतितोला १४४० रुपैयाँ कायम भएको छ। मंगलवार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि, सोमवार तोलामा २० रुपैयाँले घट्दै प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय