काठमाडौं ।
ट्विटर इंकको लोगो फेरिएको छ। अब प्रयोगकर्ताहरूले ट्विटर लगइन गर्दा निलो चरोको सट्टा कुकुर देख्ने भएका छन्।
ट्विटरको स्वामित्व आफ्नो हातमा आएपछि अमेरिकी अर्बपति एलन मस्कले लोगो परिवर्तन गर्ने आश्वासन दिएका थिए। उनले त्यो कुरा मंगलबार पुरा गरेको मिडियाहरूले बताएका छन्। उनले ट्विटमार्फत् भनेका पनि छन्, ‘मैले आफ्नो वचन पुरा गरेको छु।’
यसै अन्तर्गत ट्विटरमा नयाँ परिवर्तन देखिएको छ ।


