काठमाडौं । आसन्न उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा ९ जनाको उमेदवारी परेको छ ।

निर्वाचन आयोगका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार सोमबार भएको उमेदवारी मनोनयनमा ९ जनाको उमेदवारी परेको हो । जसमा स्वतन्त्र उमेदवारी भने नपरेको उनले बताए ।

गएको मंसिर ४ मा सम्पन्न निर्वाचनमा यो क्षेत्रबाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

वैशाख १० गते उपनिर्वाचन हुँदै छ ।

यी हुन् उमेदवार  
१) रामप्रसाद प्रजापति – नेपाल मजदुर किसान पार्टी 
२) पूर्णबहादुर राना – राष्ट्रिय जनमुक्ति पार्टी 
३) सर्वेन्द्र खनाल – नेकपा (एमाले) 
४) प्रेमबहादुर थापा – मंगोल नेसनल अर्गनाइजेसन 
५) गणेश श्रेष्ठ – नेकपा (समाजवादी) 
६) गोविन्द भट्टराई – नेपाली कांग्रेस 
७) शोभा गुरुङ – राष्ट्रिय प्रजातन्त्र पार्टी 
८) भीमबहादु सुनार – नागरिक उन्मुक्ति 
९) स्वर्णिम वाग्ले – राष्ट्रिय स्वतन्त्र पार्टी

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय