विराटनगर । सीमावर्ती क्षेत्रमा दुई समूहबीच झडप हुँदा गोली चलेको छ ।

नेपाल–भारत सीमा क्षेत्र दरैया नाका नजिकै भारतको जोगबनी–४ टिकुलिया बस्तीमा दुई समूहबीच गोली हानाहान भएको हो ।

प्रहरी स्रोतका अनुसार सोमबार बिहान ४ बजे भारतीय लागूऔषध कारोबारीबीच गोली हानहान भएको थियो ।

एउटा समूहको प्रहारबाट अर्को समूहका सदस्य टिकुलिया वस्तीका ३७ वर्षीय अंकित सिंह घाइते भएका छन् । उनको मुखमा गोली लागेको छ । भारतीय नागरिक सिंहको विराट नर्सिङ्ग होममा उपचार भइरहेको छ । सिंह खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार गोली प्रहार गर्ने र घाइते दुवै लागूऔषध कारोवार गर्ने गिरोहका सदस्य हुन् । भारतीय क्षेत्रमा घटना भएका कारण नेपाल प्रहरीले प्रतिक्रिया जनाएको छैन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय