काठमाडौँ। नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८५ ‘६’ बिक्री गर्ने भएको छ।

केन्द्रीय बैंकले एक सूचना प्रकाशित गर्दै ६ वर्षे अवधिका लागि उक्त विकास ऋणपत्र बिक्री खुला भएको जानकारी दिएको हो। चैत २२ गते निष्काशन हुने उक्त ऋणपत्र चैत २१ गते अपरान्ह ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

बोलकबोलको प्रक्रियाबाट ब्याजदर निर्धारण हुने सो ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन्। ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ। सो ऋणपत्रको धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋणसमेत लिन सकिन्छ।

इच्छुक खरिदकर्ता अप्रतिस्पर्धामा पनि सहभागी हुन सक्नेछन्। प्रतिस्पर्धीले निष्कासित रकमको ८५ प्रतिशत अर्थात् ८ अर्व ५० करोड र अप्रतिस्पर्धीले १५ प्रतिशत अर्थात् १ अर्व ५० करोड बराबरको ऋणपत्र खरिद गर्न सक्नेछन्।

खरिदकर्ताले घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंक बराबर खरिद गर्न पाउनेछ । सो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमार्फत हुने सूचनामा उल्लेख छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय