काठमाडौँ, चैत २०-

शनिबार घरेलु मैदानमा एस्टन भिल्लासँग २–० ले पराजित भएपछि चेल्सीले सात महिनाभन्दा कम समयमै प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेको छ।

सेप्टेम्बर ८ मा स्टामफोर्ड ब्रिजमा थोमस टुचेललाई प्रतिस्थापन गरेपछि ग्राहमले ३१ खेलमा शनिबार ११ औं हार बेहोरे।

चेल्सी प्रिमियर लिगमा ११ औं स्थानमा झरेको छ भने शीर्ष चार भन्दा बाहिर १२ अंकले पछि छ। चेल्सीले यो सिजन नयाँ खेलाडीहरूका लागि ५५ मिलियन पाउन्ड भन्दा बढी खर्च गरेको छ।

चेल्सीले मंगलबार प्रिमियर लिगमा लिभरपुलसँग खेल्दैछ। १२ अप्रिलमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा रियल म्याड्रिडको सामना गर्नेछ।

चेल्सीको प्रिमियर लिगमा १० खेल बाँकी छन् भने च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेल्दैछ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय