बुटवल, चैत २०

देखि बुटवल–पाल्पा सडक खण्ड आजदेखि दैनिक ९ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्ने कार्य सुरु हुने भएकाले सिद्धार्थ राजमार्ग दैनिक ९ घण्टा बन्द हुन लागेको हो ।

सो सडक खण्ड अन्तर्गतको रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको निर्माण कार्य शुरु गरे पछि आज देखी दैनिक दुईवटा सिफ्टमा सडक बन्द गरेर आयोजनाको कार्य अघि बढाउन लागिएको छ।

निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनका अनुसार सो खण्डमा माथिबाट खुकुला ढुंगाहरु खस्ने हुँदा सडक सुचारू गर्दा जोखिम हुने भएकाले हरेक दिन बिहान ११ देखि दिउँसो २ बजे तथा रातको १० देखि बिहान ४ बजेसम्म सडक बन्द गरिने छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय