काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । राप्रपाले बैशाख १० मा हुने उपनिर्वाचनमा गठबन्धन नगर्ने गरी उम्मेदवार टुंगो लगाएको हो ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार तनहुँ–१ मा शोभा गुरूङ, चितवन– २ मा जीवलाल पुरी र  बारा– २ मा सोनेलाल साहलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

यसअघि मंसिरको निर्वाचनमा राप्रपाको गठबन्धन एमालेसँग भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय