भारतीय कमेडियन कपिल शर्माले आफ्नो फिल्म फ्लप भएपछि आत्महत्या गर्ने सोच बनाएको खुलाएको छन्।

एक भारतीय सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा उनले यस्तो खुलाएका हुन्। आज कपिलको ४२ औं जन्मदिन परेको छ।

सन् २०१५ मा कपिलले फिल्म ‘किस किसको प्यार करूँ’ बाट बलिउडमा डेब्यू गरेका थिए। यसपछि उनी २०१७ मा ‘फिरंगी’ मा देखिएका थिए । यो उनले आफैं निर्माण गरेका थिए र कपिलले फिल्म बनाउन ३३ करोड रुपैयाँ लगानी गरेका बताएका छन्।

रिलिजपछि दर्शकले मन नपाएका कारण फिल्म बक्स अफिसमा नराम्ररी फ्लप भएको थियो ।

यो असफलता सहन नसकेका कारण आफू डिप्रेशनमा गएको उनले बताएका छन्।

फिल्म रिलिज हुनुअघि पनि आफ्नो अवस्था खासै राम्रो नभएको र ती दिनहरूमा रक्सी पिउन थालेको उनले अन्तर्वार्तका क्रममा भनेका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय