काठमाडौँ, चैत १९-

साविक विजेता गुजरात टाइटन्सका ब्याटर केन विलियम्सन चोटका कारण इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटबाट बाहिरिएका छन् । गुजरातले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै चोटका कारण विलियम्सनले आईपीएल २०२३ बाट बाहिरिएको जनाउँदै उनको स्वास्थ्यलाभको कामना गरेको हो ।

चेन्नाई विरुद्ध शुक्रबार भएको उद्घाटन खेलमा फिल्डिङका क्रममा विलियम्सन घाइते भएका थिए । छक्का बचाउने क्रममा शरीरको सन्तुलन मिलाउन नसक्दा ल्यान्डिङ गर्ने क्रममा उनको दायाँ घुँडामा चोट लागेको हो । त्यही चोटका कारण विलियम्सन जारी १६ औं संस्करणको आईपीएलबाट बाहिरिएका हुन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय