काठमाडौं । मिटरब्याज पीडितलाई भेट्न उहीहरु बसेको स्थानमा पुगेका छन गृहमन्त्री नारायणकाजी श्रेष्ठ। पीडितहरुको स्वास्थ्यमा समस्या भएको भन्दै उनी स्वास्थ्य परीक्षण गर्न आग्रह गर्दै त्यहाँ पुगेका हुन्।
गृहमन्त्री श्रेष्ठ चिकित्सकसहित मिटरब्याजपीडितलाई भेट्न गएका थिए। शनिबार मात्र पीडित र सरकारका बीचमा सहमति भएको छ।
मन्त्रीपरिषदबाट छानबिन आयोग बनाएपछि उनीहरुले आन्दोलन फिर्ता लिने भनेका छन्। केही दिनदेखि पीडितहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन्।


