तनहुँ । पृथ्वी राजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्याङ्कीमा आइतवार बिहान शव भेटिएको हो ।
वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङ्की खोलेर हेर्दा शव फेला परेको हो ।
दुई/तीन दिन अगाडिदेखि उपभोक्ताले पानी गन्हायो भनेर गुनासो गरेकोमा बिहान ट्याङ्कीको ढकन खोलेर हेर्दा शव फेला परेको उपभोक्ता समितिका सचिव चन्द्रकुमार मल्लले जानकारी दिए।
एक सय ३८ घरधुरीमा पानी वितरण गर्दै आइएको उक्त ट्यांकीमा शव भेटिएको जानकारी पश्चात घटना स्थलमा पुगेको प्रहरीको टोलीले आवश्यक मुचुल्का तयार पारी घटनाबारे अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।
उनका छाेरा मनिष श्रेष्ठका अनुसार उनी ४२ बर्षकी शान्ती श्रेष्ठ हुन र उनकाे घर चाँही धादिङकाे गगाजमुना गाँउपालिका ४ लुङरीमा हाे ।
उनका श्रीमानकाे केहि बर्ष पहिला मृत्यु भएकाे र पछिल्लाे समय उनले एकल जीवन बिताइरहेकी थिइन् । उनले पाेखरामा रहेर फलफुलकाे व्यापार गरिरहेकी थिइन् ।


