काठमाडौं । बागमती प्रदेश सरकारले बागमती प्रदेशका पत्रकारहरुको सामूहिक दुर्घटना बीमा गरिदिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बागमती प्रदेशका १३ जिल्लाका १ हजार ५ सय ८५ जना पत्रकारहरुको सामूहिक दुर्घटना बीमा गरिदिएको मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीले जानकारी दिए । राष्ट्रिय बीमा कम्पनी लिमिटेड मार्फत प्रति व्यक्ति ४ लाख रुपैयाँको दुर्घटना बीमा गरिएको उनले बताए ।

कार्कीका अनुसार ६३ करोड ४० लाख रुपैयाँ बराबरको बिमाङ्क रकमको बीमा गरिएको हो । ५ चैतदेखि लागु हुने बीमा लेख अनुसार बीमित पत्रकारको मृत्यु भएमा कुल ४ लाख रुपैयाँ र दुर्घटना भएको खण्डमा एक लाख रुपैयाँ बराबरको औषधि उपचार खर्च भुक्तानी दाबी लिन सकिने बीमा कम्पनीलाई उद्दृत गर्दै कार्कीले जानकारी दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय