’काठमाडौं–बूढानीलकण्ठ–८, गणेशचोक स्थित नेसनल युनाइटेड स्कुलले यही मिति २०७९ चैत्र ०९ गते बिहिबार शैक्षिक सत्र २०७९ माभएका विविध शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरुमा विजेता हुन सफल कक्षा ५ र ६ का विद्यार्थीहरुलाई आफ्नो नवनिर्मितअत्याधुनिक हलमा एक कार्यक्रम आयोजना गरि पुरस्कृत गरेको छ ।
शैक्षिक सत्र २०७९ मा संचालन भएका फुटसल, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, बुद्धिचाल, क्यारमबोर्ड, चित्रकला, हस्तलेखन, गायन, नृत्य, हाजिरीजवाफ, वक्तृत्वकला, स्पेलिंग कन्टेस्ट, रोड रेस, रिले रेस लगाएतका विभिन्न विधामा विजेता बन्न सफलविद्यार्थीहरुलाइ विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रेवती प्रसाद दाहाल, विद्यालयका संस्थापक जेबी हमाल, प्रधानाध्यापकशायरा हमाल तथा सम्बन्धित विद्यार्थीका अभिभावकहरुले मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गर्नुभएको थियो ।
एक वा एकभन्दा बढी विधामा पुरस्कृत हुने विद्यार्थीहरु मध्ये कक्षा ६ का छात्र प्रितम राई आफुले सहभागिता जनाएको सबै ३ विधामप्रथम स्थान सहित पुरस्कृत हुँदा कक्षा ६ कै छात्र रिजन घिमिरे ५ वटा विधा तथा कक्षा ५ का छात्र प्रेम तामांग ६ वटा विधामा पुरस्कृतभए . आफ्नै अभिभावकको हातबाट पुरस्कृत हुन पाउँदा अत्यन्तै खुसी साथै उत्प्रेरित रहेको कक्षा ५ मा अध्ययनरत छात्र प्रभव प्याकुरेलतथा कक्षा ६ मा अध्ययनरत छात्रा ऐस्वर्या गुरुङले बताए ।
पुरस्कार वितरण कार्यक्रममा संस्थापक हमालले विद्यालयको स्थापना कालदेखि हालसम्म भएका क्रियाकलाप र उपलब्धिहरु साथैआगामी दिनको कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो भने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दाहालले विजेता हुन सफलविद्यार्थीहरुलाई बधाई दिंदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन सहित शैक्षिक उन्नयनमा अभिभावकहरुको सक्रिय सहभागिताकोमहत्वपूर्ण भूमिका रहने कुरा बताउनुभयो ।


