संघीय सरकारमा २ वटा मन्त्रालय पाएको जनता समाजवादी पार्टी (जसपा)ले तत्कालका लागि एक मन्त्री मात्र पठाउने भएको छ ।
तत्काल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा अशोक राईलाई पठाउने निर्णय भएको हो ।
जसपाको भागमा परेको वन मन्त्रालय भने पार्टीले होल्डमा राखेको छ । उक्त मन्त्रालय पनि राईले नै हेर्न पाउने गरी मिलाउनुपर्ने जसपाको निर्णय छ ।
‘अहिले जसपाले पाएको शिक्षा र वन गरी दुई मन्त्रालयमध्ये शिक्षा मन्त्रीको रूपमा मलाई पठाउने भनेर निर्णय भएको हो,’ राईले लोकान्तरसँग भने, ‘अर्को मन्त्रीको टुंगो नलागुञ्जेलसम्म वन मन्त्रालय पनि मैले नै हेर्ने गरी पार्टीले जिम्मेवारी दिएको छ ।’
दुईवटा मन्त्रालय हेर्ने हो भने प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले नै निर्णय गर्नुपर्ने हुन्छ ।


