काठमाडौँ । सरकार र मिटरब्याजी पीडितका प्रतिनिधिबीच शुक्रवार भएको दोस्रो चरणको वार्ता सकिएको छ । गृह मन्त्रालयमा भएको वार्तामा पीडितका मागबारे छलफल भए पनि सहमति जुट्न नसकेको हो ।

पीडितका तर्फबाट वार्ता समितिका सदस्य समेत रहेका नेसपाका नेता रामरिझन यादवका अनुसार सरकारी वार्ता टोलीले मागबारे प्रधानमन्त्रीसँग छलफल गरेर पुनः वार्तामा बस्ने गरी सकिएको बताए ।

‘आज पीडितले अघि सारेका मागबारे छलफल भयो, सरकारी टोलीले मागका सम्बन्धमा प्रधानमन्त्रीसँग छलफल गरेपछि पुन शनिवार बस्ने गरी आजको छलफल सकिएको छ’, यादवको भनाइ छ । पीडितसँग वार्ताका लागि सरकारले गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।

मिटरब्याजी पीडितहरू १० दिन पैदल हिँडेर चार दिनअघि काठमाडौँ आएका थिए । सरकारले मिटर व्याजलाई अपराध घोषणा गर्दै कानुन संशोधन गरेर मिटर ब्याजीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिने गरी कानुन बनाउने प्रक्रिया थालिसकेको छ ।
50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय