माध्यमिक शिक्षा परीक्षा (एसइई) भोलि (शुक्रबार) बाट सञ्चालन हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार परीक्षा चैत २९ गतेसम्म हुने सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

परीक्षा तालिकाअनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ। सोही दिन वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ।

यस वर्ष ५ लाख १६ हजार ५९१ जना परीक्षार्थीहरू परीक्षामा सहभागी हुने परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले जनाएको छ। टाढा रहेका कतिपय विद्यार्थीहरू तोकिएका परीक्षा केन्द्र गएका छन्।

परीक्षार्थीहरूले परीक्षामा धेरै अंक ल्याउने  सपना बोकेका हुन्छन्। तर यसका लागि उत्तिकै नै परीक्षा तयारी पनि गर्नु आवश्यक छ। एसइई परीक्षाको लागि कसरी तयारी गर्ने भन्नेबारे विज्ञहरूको सुझाव यहाँ समेट्ने प्रयास गरिएको छ।

शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाका यस्ता छन्  सुझावः   

– विद्यार्थीले बढी समय छुट्याएर मन लगाएरै पढ्नुपर्ने

– पहिले यसअघि सोधिएका प्रश्नपत्रहरू जम्मा पार्ने र ती प्रश्नका उत्तर आफूले लेख्ने। लेखेको उत्तर साथीलाई देखाउने र साथी-साथीबाट पनि कुरा आउँछ, त्यसपछि ती लेखेका उत्तर शिक्षकलाई देखाउने। शिक्षकले यहाँ काट्नु यो थप्नु हटाउनु भनेर बताउँछन्। यसो गर्नु भनेको बढी नम्बर पाउने अर्थात् धेरै अंक ल्याउने उत्तम उपाय हो।

– शिक्षकहरूलाई आफूले नबुझेका प्रश्न सोध्ने

– परीक्षा दिनुअगाडि नै म फेल हुन्छु होला भन्ने नकारात्मक सोच हटाउने

– शिक्षकहरूले पनि परीक्षा तयारीको लागि उत्प्रेरित गर्ने

अर्का, शिक्षाविद् डा.प्रमोद भट्टका एसइई परीक्षा तयारीबारे यस्ता छन् सुझावः 

– नियमित पढ्ने, अभ्यास गर्ने

– स्व अध्ययनमा ध्यान दिने

– पढ्दै मुख्य बुँदाहरू टिपोट गरी नोट बनाइ पढ्ने

– आफूले नजानेका कुरा शिक्षकलाई प्रत्यक्ष भेटेर वा म्यासेन्जर,भाइबर, फोनजस्ता माध्यमबाट सोध्ने

– शिक्षक र विद्यार्थीबीच नियमित सञ्चार हुनुपर्ने

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय