काठमाडौं । चिलीका एक व्यक्तिमा बर्डफ्लू भेटिएको छ । यो नै चिलीमा पहिलो पटक बर्डफ्लू भेटिएकोघटना हो । चिलीको स्वास्थ्य मन्त्रालयले ५३ वर्षीय पुरुषमा बर्डफ्लू भएको पुष्टि गरेको छ । व्यक्तिमा इन्फ्लूएन्जाका गम्भीर लक्षणहरू देखिएका छन् ।

बर्डफ्लूका बिरामी फेला परेपछि चिली सरकारले सङ्क्रमणको स्रोतका साथै बिरामीको सम्पर्कमा आएका अन्य व्यक्तिहरूबारे पनि अनुसन्धान गरिरहेको छ। गत वर्षको अन्त्यदेखि चिलीमा जंगली जनावरहरूमा एच५एन१ बर्डफ्लूका केसहरू देखिएका थिए।

चिलीका स्वास्थ्य अधिकारीहरूले यो भाइरस चराहरू वा समुद्री स्तनधारी जनावरहरूबाट मानिसमा सर्नसक्ने उल्लेख गरेका छन् । स्वास्थ्य अधिकारीहरूले मानिसबाट मानिसमा सर्ने जोखिम कम रहेको बताएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय