नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा विश्वप्रकाश शर्मासँग छलफल गर्दैछन्।

प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक सभापति देउवाले पार्टीका दुई महामन्त्रीलाई निवासमा बोलाएर छलफल गर्न लागेका हुन्।

यसअघि सभापति देउवाले केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्दाका बेला महामन्त्रीद्वयसँग टेलिफोनमा संवाद गरेका थिए।

सभापति देउवाले निवास धुम्बाराहीमा शुक्रबार अपरान्ह साढे बजे छलफलका लागि बोलाएका हुन्।

महामन्त्रीद्वयसँग समसामयिक राजनीतिक घटनाक्रम अब बस्ने केन्द्रीय समितिलगायत विषयमा सभापतिले छलफल गर्न लाग्नुभएकोहो। यो औपचारिक छलफल होइन। सभापतिले अनौपचारिक रूपमा पार्टीका नेताहरूसँग दिनहुँजसो छलफल गरिरहनुभएको , योछलफल त्यसैको निरन्तरता मात्र हो,’ देउवानिकट एक पदाधिकारीले भने।

बैठकमा संसदीय दलको बैठकका एजेन्डाबारे पनि छलफल हुनेछ। कांग्रेसले शनिबार दिउँसो बजेका लागि संसदीय दलको बैठकराखेको छ। प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन्।

सभापति देउवाले गठबन्धनलाई चुनावपछि कायम राख्न नसकेको भन्दै महामन्त्रीद्वय थापा शर्माले आलोचना गर्दै आएका छन्। साथैउनीहरूले नीति अधिवेशन बोलाउनसमेत संयुक्त विज्ञप्ति निकालेर माग गरेका थिए।

कांग्रेसले पुस २८ गते केन्द्रीय समिति बैठक बोलाएको छ। चुनाव समीक्षालगायत विषयमा उक्त केन्द्रीय समितिमा छलफल हुनेछ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय