काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । २५ गते बस्नेप्रतिनिधिसभाको पहिलो बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने भएका हुन् ।
प्रधानमन्त्री दाहालले संसद्का महासचिवलाई सम्बोदन गर्दै विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाइदिन अनुरोध गरेकाछन् । उनले २६ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन महासचिवलाई आग्रह गरेका छन् ।


