नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी कमजोर हुँदा अहिलेसम्म प्राप्त उपलब्धिहरू उल्टने खतरारहेको बताएका छन्।

उनले मंसिर मा हुने प्रतिनिधि सभा प्रदेश सभा निर्वाचन अरूबेला हुनेजस्तो सामान्य चुनाव नभएको पनि बताए।

आज प्रेस सेन्टर ललितपुरसँग छलफलका क्रममा प्रचण्डले मंसिर को चुनाव अहिलेसम्म प्राप्त उपलब्धि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतालगायत रक्षा गर्न खोज्ने उपलब्धि तथा परिवर्तन उल्टाउन खोज्ने बीचको लडाइँ भएको बताए।

हाम्रा लागि मंसिर को निर्वाचन सामान्य चुनाव मात्र होइन। जीवन मरणको संघर्षका रूपमा चुनाव छ। उपलब्धि रक्षा गर्ने उपलब्धिउल्टाउन खोज्ने बीचको लडाइँका रूपमा निर्वाचनलाई लिनुपर्छ,’ उनले भने।

उनले अग्रगमन प्रतिगमनबीचको लडाइँ मंसिर को चुनाव भएको पनि बताए।परिवर्तन रक्षा गर्न चाहने उल्टाउन चाहनेबीचआमनेसामने हुने दिन मंसिर हो, चुनाव हो,’ उनले भने, ‘यो चुनावलाई कसले जित्छन्, कसले हार्छन् भनेर छुट पाउने अवस्था छैन।आफ्नो ठाउँबाट अधिकतम जनमत निर्माण गर्नुपर्छ।

उनले केही शक्तिहरू माओवादी एजेन्डा, आन्दोलन नेतृत्वबारे घेराबन्दीमा लागेको पनि बताएका थिए।हामी माओवादी बलियो हुँदापरिवर्तन रक्षा हुन्छ। कमजोर भए सबै चिज उल्टने खतरा ,’ उनले भने।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय