नेपाली कांग्रेस प्रतिनिधि प्रदेशसभा निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको पहिलो बैठकले विभिन्न उपसमितिहरू गठन गर्ने निर्णयगरेको छ। समितिका संयोजक एवम् पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले १३वटा उपसमिति गठन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पौडेलका अनुसार केन्द्रीय सदस्य डा. डिला संग्रौलाको संयोजकत्वमा टेलिभिजन समन्वय तथा प्रचार उपसमिति, उमेशजंग रायमाझीकोसंयोजकत्वमा निर्वाचन युवा प्रचार नेटवर्क, जितजंग बस्नेतको संयोजकत्वमा जिल्ला सम्पर्क समिति समन्वय प्रचार(प्रसार उपसमितिगठन गर्ने निर्णय गरिएको छ।

यसैगरी, सूचना संकलन तथा अनुगमन उपसमितिका संयोजकमा नैनसिंह महर, सामाजिक सञ्जाल प्रसार(प्रसार उपसमितिकासंयोजकमा राजीव ढुंगाना, रेडियो एफएम समन्वय तथा प्रचार(प्रसार उपसमितिको संयोजकमा गंगा लक्ष्मी अवाल, सांस्कृतिक समन्वयतथा प्रचार(प्रसार उपसमितिका संयोजकमा विद्या तिमिल्सिना, प्रवास मिडिया समन्वय तथा प्रचार(प्रसार उपसमितिका संयोजकमाउर्मिला थपलिया रहेका छन्

अनलाइन मिडिया समन्वय तथा प्रचार(प्रसार उपसमितिका संयोजक किरण गिरी, प्रवास समन्वय प्रचार(प्रसार उपसमितिका संयोजककिरणराज शर्मा, छापा माध्यम समन्वय तथा प्रचार(प्रसार उपसमितिका संयोजक रमेशप्रसाद धमला, निर्वाचन विषयवस्तु उत्पादनउपसमितिका संयोजक डा. प्रभु बुढाथोकी खेलकूद क्षेत्र समन्वय तथा प्रचार(प्रसार उपसमितिका संयोजक कर्माछिरिङ शेर्पा मनोनितभएका छन्  

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय