गोरखा,भदौ १७: नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसदका लागि गोरखा संघीय क्षेत्र नम्बर १ बाट युवराज बस्ताकोटीले दावि प्रस्तुत गरेका छन्। तीन पुस्ता देखि स्थानीय कांग्रेस राजनीतिमा रहेको परिवारको सदस्य साथै २५ बर्ष देखि नेविसंघ हुदै कांग्रेस मार्फत सामाजिक राजनीतिक सुधारमा लागेका र विकास रणनीतिका पिएचडि शोधार्थी समेत रहेका, गोरखा भिमसेन थापा वाड नं १ मसेलका स्थायी बासिन्दा युवराज बस्ताकोटीलाई संघिय सांसदमा दावी गर्न मतदाताको चर्को दवाव रहेको थियो।एक असल सक्षम, स्पष्ट बक्ता तथा नरम स्वभावका बौद्धिक नेताको रुपमा चिनिन्छन । विचारको राजनीतिका पक्षपाति बस्ताकोटी गोरखाको भू बनोट, स्रोत तथा जनसांख्यिक अध्ययन गरेका थोरै ब्यक्ति भित्र पर्छन् । स्थानीय नागरिकको दावि यो छ कि, राष्ट्रिय जनगणना २०६८ अनुसार पनि गोरखामा खस जाति ३८% , पहाडी ब्राम्हण २१% गरि , जिल्लाको खसआर्यको जनसंख्या ५९% रहेको छ , दोस्रोमा गुरुङ जातिको जनसंख्या १६% भने बाँकी मगर,दलित, मुस्लिम,लामा लगायतका जातिय विवरण रहेको छ । अहिले सम्म क्षेत्र नं १ बाट प्रतिनिधी सभा सदस्य बन्न नपाएको क्लस्टरले यसपटक अवश्य पाउने विश्लेषण समर्थकले गरेका छन् ।
अनुसन्धानकर्ता समेत रहेका बस्ताकोटीले खसआर्य तथा खुला समानुपातिक सांसदका लागि प्रयास गरेको हुन सक्ने शुभेच्छुकहरुको अनुमान रहेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय