पालुङटार नगरपालिका वडा न ५ धरमपानीमा हिजोराती एक पुरुषका हत्या भएको छ ।

ठाटीपोखरीमा भएको रोपाई जात्रा हेरेर फर्किने क्रममा भएको झगडाबाट एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । राती १० बजेतिर भएको घटनामा परी स्थानीय ३५ वर्षका बुद्धी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए ।

राती घाइतेलाई आँपपिपल अस्पतालमा पु¥याएपछि अस्पतालले उनको मृत्यु भइसकेको घोषण गरेको थियो । घटनामा संग्लन रहेको आशंकामा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय