श्रावण १- गोरखा जिल्ला गण्डकी गाँऊपालिका स्थानिय सरकारको अपरिपक्क, गैर जिम्मेवार,होलसेल निर्णयले २०७४ असार १ गते देखि औषधी कुटुवा पदमा जिल्ला आयुर्वेद स्वास्थ्यकेन्द्र गोरखा ले संघिय बजेट बाट तलब भत्ता खाने गरि मिति २०७४ असार १ गते देखि नियुक्ति दिएको गोरखा जिल्ला गण्डकी गाँऊपालिका वडा नम्बर ४ “दर्बुङ -फुजेल आयुर्वेद औषधालय” फुजेल मा कार्यरत कर्मचारी चन्द्र माया घर्ति को रोजिरोटि खोसिएको छ।

मिति २०७९/३/३० गतेको गण्डकी गाउँ कार्यपालिकाको ८७औँ बैठकले गण्डकी गाँऊपालिका बाट नियुक्ती लिई सेवा करारमा कार्यरत विधालय र ओभिओटी अन्तर्गत बाहेकका सबै अस्थाई सेवा करार र ज्यालादारीमा कार्यरत कर्मचारी गण्डकी गाँऊपालिकाको कार्यालय,वडा कार्यालय,स्वास्थ्य चौकी ,सामुदायीक स्वास्थ्य ईकाईहरुमा कार्यरत सेवा करारको कर्मचारीहरलाई आर्थिक बर्ष २०७९/८० श्रावण १ गते देखि करार म्यादथप नगर्ने निर्णय गरे संगै ऊनको रोजीरोटी हालै सम्पन्न स्थानिय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बाट पालिका अध्यक्ष पदमा निर्वाचित हुनु भएका दिपक तिमल्लसिना (साकार) नेतृत्वको स्थानिय सरकारले खोसेको जानकारी हुन आएको छ।

निज चन्द्रमाया एक पिडित,एकल महिला र अल्प संङख्यक भुजेल जाति को महिला रहेको समेत बुझिएको छ। संघिय लोकतान्त्रीक गणतन्त्र प्राप्तिका लागी,जनताका अधिकारको प्राप्तीका लागी लामो समय राजनितिक संघर्ष गरेर सत्तामा पुगेकाहरुले शुरुवाती चरणमा नै विशेष क्षमता भएका संघियता लागु हुनु भन्दा अगाडि देखि सेवा करारमा रहेर सेवा गर्दै आएका,३१ बर्षदेखि अनवरत सेवा गर्दै आएकाहरुको रोजिरोटी खोस्नु र कर्मचारीहरु प्रतिको अपमान र अन्याय गरेकोले सुशासन,विकाश र समृद्ध पालिका बनाऊन यस्तो अपरिपक्क निर्णय गर्ने नेतृत्वले नसक्ने स्थानियहरुको गुनासो छ।

संघिय सरकारको बजेट बाट तलब खाने जिल्लाआयुर्वेद स्वास्थ्यकेन्द्र गोरखा द्वारा नियुक्ति लियको व्यक्ति लाई स्थानिय सरकारको अपरिपक्व निर्णयले मानवअधिकारको उल्लङ्घन समेत भएको जानकारहरुले बताऊदै आएका छन्। गण्डकी गाँऊपालिका स्थानिय सरकारले अपरिपक्क, राजनितिक प्रतिसोधपुर्ण,दलित,अल्पसङख्य,एकल महिलाहरुको रोजिरोटी खोसिने खालको निर्णय तत्काल नसच्याए न्यायका ढोकाहरु ढक ढकाऊन बाध्य हुने पिडितहरुले बताऊदै आएका छन्। स्थानिय सरकार नागरिक प्रति जिम्मेवार कर्मचारीहरुको कार्य सम्पादन मुल्याङकन सुचक मापनका आधारमा स्थानिय सरकारले प्रोत्साहन गर्नु पर्नेमा पर्नेमा एकैपटक कोभिड-१९ को महामारीमा समेत आफ्नो र परिवारको ज्यानको प्रवाह नगरी रातदिन खटिएका कर्मचारीहरु ७०/८० जनाको रोजिरोटि खोसिने गरि ज्यादती पुर्ण तरिकाले कर्मचारी माथि गरिएको अन्यायले आम नागरिक,राजनितिक दल, संघ,संस्थाहरुले आ-आफ्ना अभिव्यक्तीहरु सार्वजनिक गर्दै आएको र शुरुवाती दिनमा नै शुसासनको प्रत्याभुत नभएको र तत्काल अपरिपक्क निर्णय सच्याएर अगाडि बढ्न भन्दै सामाजिक सन्जालमा विरोध हुदै आएको पाईन्छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय